नवलपरासी जिल्ला प्रहरी कार्यालय भित्र पुस्तकालय

नवलपरासी । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालय भित्र पुस्तकालय स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न, कोठामा लैजान सक्नेगरी अध्ययनको वातावरण बनाउन लागिएको हो ।

पुस्तकालयमा लुम्बिनी स्मारिका, मदरसा सन्देश, ज्ञान गङ्गा, जीउने मार्ग, आधुनिक ब्राहमण्ड, चौतारी, दरबाहिरकी महारानी, प्रज्ञा आधुनिक नेपाली गजल लगायत तीन सय बढी किताब राखिएका छन् । प्रहरी उपरीक्षक फुयाँलले तीन हजार किताब थप गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

अहिले प्रहरीका लागि मात्र कार्यालय भित्र पुस्तकालय स्थापना गरिएको भन्दै आगामी दिनमा सर्वसाधारण पनि कार्यालय भित्र आएर पढ्न पाउने वातावरण बनाइने फुयाँलले उल्लेख गरे। पुस्तकालय गत कात्तिकमा स्थापना भएको थियो ।
रासस 

प्रतिक्रिया