विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, कांग्रेस पछिपछि
एजेन्सी । झारखण्डको विधानसभाका ८१ सीटका लागि नोभेम्बर १३ र २० मा सम्पन्न निर्बाचनको मतगणना शुरू भएको छ ।
प्रारम्भिक मतगणना अनुसार झारखण्डमा भारतीय जनता पार्टी (बिजेपी) र झारखण्ड मुक्तिमोर्चा (जेएमएम) बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रारम्भिक मतगणना अनुसार भारतीय कांग्रेस सहभागी जेएमएम गठबन्धनले ५१ सीटमा अग्रता लिएको छ भने भाजपा नेतृत्वको गठबन्धनले २९ सीटमा अग्रता लिएको छ । एक सीटमा अल झारखण्ड स्टुडेन्ट्स यूनियन (आजसू)ले अग्रता लिएको छ ।
जेएमएम गठबन्धनभित्र जेएमएमको २९, भारतीय काङ्ग्रेसको १५ सीटमा अग्रता देखिएको छ ।
प्रतिक्रिया