पहिरो खसेर मुग्लिङ–नारायणगढ सडक अबरुद्ध

मुग्लिङ–नारायणगढ सडकखण्डको कालिखोला नजिक पहिरो खसेर सडक अबरुद्ध बनेको छ । सोमबार राति करिब सवा ८ बजे बजे कालिखोला नजिकको सिङै डाडा सडकमा खसेको र करिव ५० मिटर सडक पुरिएकोले सवारी सुचारु हुन कम्तिमा आज दिनभर लाग्ने प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच÷छ घण्टा लाग्रुने भएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।  पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्रुने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । काठमाडौंबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको र पश्रुचिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्रुन क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएका छन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया