रवि लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । 

लामिछाने सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत बाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको हो । चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशी सहितका १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका छन् । 

पूरक जाहेरी दर्ता पछि प्रारम्भिक अनुसन्धान पछि प्रहरीले अदालत बाट पक्राउ अनुमति लिएको हो । साहरा चितवन सहकारी बाट गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । 

लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए । अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन् । अहिले लामिछाने कास्की हिरासतमा छ । उनलाई काठमाडौं प्रहरी र रूपन्देही प्रहरीमा पनि जाहेरी परेको थियो । 

यसैबीच उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया