अमेरिकाको भर्जिनियामा भएको भयानक कार दुर्घटनामा परि २ जना नेपालीको मृत्य

काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा भयानक कार दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ । 

दुर्घटनामा ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठबिसकोट नगर पालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुबेदी रहेका छन् । नोभेम्बर २२ तारिख दिउँसो साढे बाह्र बजे भएको उक्त दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं का मेहुल श्रेष्ठ रहेका छन् उनी अहिले अस्पतालमा उपचार भैरहेको छ । 

कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरेको छ । एन.आर.एन.ए. भर्जिनियाका अध्यक्ष विशाल कार्कीले परिवारजन र स्थानीय लाउडाउन काउन्टी सेरिफ कार्यालय सँग सम्पर्क गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल गर्ने बताएका छन् । 

लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक दुर्घटना हुने समयमा चालकले अत्याधिक मदिरा सेवन गरेको अमेरीकी प्रहरीको भनाइ छ । अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडक बाट बाहिर पुगी रुखहरूमा ठोक्किएको बताइएको छ । 

प्रतिक्रिया