विवाद टुङ्गो नलाग्दा नारायणी अस्पताल भवन बनेन
वीरगञ्ज । विवाद टुङ्गो नलाग्दा पाँच वर्ष देखि नारायणी अस्पतालकोे भवन निर्माण रोकिएको छ । भवन निर्माण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो ।
सङ्घीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पताललाई पाँच सय शय्या स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उनले बताए । सर्वोच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका निम्ति निर्धारण गरेको जानकारी उनले दिए ।
वीरगञ्ज स्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रा.लि./नेसनल डेभलपमेन्ट इञ्जिनियरिङ बीचको विवाद सर्वोच्च पुगेको हो ।
रासस
प्रतिक्रिया