युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार जारी राख्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा प्रहार गरिएको नयाँ हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग जारी राख्ने चेतावनी दिएका छन् । 

युक्रेनमा नयाँ ब्यालेस्टक क्षेप्यास्त्र प्रहार गरेपछि उनले पुटिनले युक्रेनमा नयाँ हतियारको प्रयोगलाई जारी राख्ने बताएका हुन् । रूस सँग शक्तिशाली नयाँ क्षेप्यास्त्रहरूको भण्डार रहेको र ती क्षेप्यास्त्र तयारी अवस्थामा रहेको उनको चेतावनी छ ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनमा परीक्षण प्रहार गरिएको हेजल ट्री नामक हाइपर सोनिक क्षेप्यास्त्रको क्रमिक उत्पादन शुुरु गर्ने समेत रुसले जनाएको छ । युक्रेनी आक्रमणको जवाफमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुटिनको भनाइ छ । 

उता युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अर्को देशमा आतंकको उद्देश्यले नयाँ हतियार परीक्षण गर्नु ‘अन्तर्राष्ट्रिय अपराध’ रहेको दाबी गर्दै रूसलाई युद्ध विस्तार गर्न बाट रोक्न विश्वलाई आह्वान गरेको समाचारमा उल्लेख छ । 
 

प्रतिक्रिया