सुन तस्करी प्रकरणको छानबीन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार
विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबीन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको बैठकमा उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको हो । बैठकमा सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश तय गर्ने सहमति भएको छ ।
आज छानबिन समितिको कार्यादेश तयार गर्नका लागि एमालेका संसदीय दलका उपनेता एवम् उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य रहने गरी कार्यादेश समिति गठन गरेको भएको छ ।े आजसम्म कार्यादेशको मस्यौदा तयार पार्ने जिम्मेबारी तीन नेतालाई दिइएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरुले आज त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउँदै छन् । सो कार्यदलको बैठक आज बिहान ११ बजे बस्दैछ । सोही बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदा तयार पारेर आज दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकमा पेस गर्ने छ । शीर्ष नेताहरुको बैठक दिउँसो दुई बजे बोलाइएको छ । दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रलाई अन्तिम रुप दिएपछि समिति गठन हुने नेताहरुले बताएका छन् ।विमानस्थलबाट ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गरिरहेको थियो ।
प्रतिक्रिया