तरकारीको भाउ आकाशियो, ७४ प्रतिशतसम्म बढ्यो
चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०÷२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार घिउसिमी, तनेबोडी, सेतो मुलाको मूल्य एक महिनामै दोब्बर भएको छ । स्थानीय काउली, मकैबोडी, भटमास, तितेकरेला, लौका परबर, घिरौँला र भिन्डीको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ तरकारीको माग उच्च भएका बेला आयात केही घटेकाले भाउ महँगिएको व्यापारीको भनाइ छ । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको बताइन्छ ।
प्रतिक्रिया