‘प्रचण्ड’का वाहियात र कायर कुरा, के भन्छन् ओली ?

काठमाडौं । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘चिनियाँ कार्ड’ खेल्न चीन जान लागेको आरोप लगाएका थिए । कात्तिक २९ गते भारतीय मिडिया द हिन्दुमा दाहालले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाएका हुन् ।

अध्यक्ष दाहालको उक्त टिप्पणीलाई प्रधानमन्त्री ओलीले उपत्यकाका तीन जिल्ला कमिटिले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै दाहालले दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।

अध्यक्ष दाहालको उक्त भनाइको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के–केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो। अपरिपक्व भयो भने, कस्तो हुन्छ परिपक्व भनेको? कता जानुपर्ने थियो मैले? कता गए कसले रिसाउँदैनन् । यी वाहियात र कायर कुराहरू हुन। यस्ता कुरा गर्न हुँदैन्।’

‘प्रधानमन्त्रीको हैसियतमा मंसिर १७ गतेबाट चीन जाँदैछु। चीनको भ्रमण अत्यन्त सफल रहनेछ। चीनबाट फर्किएपछि कसरी सफल भयो तपाईंहरूले यसै पनि थाहा पाउनुहुनेछ। मैले आफैं पनि सम्प्रेषण गर्नेछु। के–के उपलब्धि भयो, यतिकै चीन यसो घुमेर आउँ भनेर जान लागेको होइन। देशको हितको लागि, देशको भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ। चीन भ्रमण उदाहरणीय हुनेछ, म तपाईंहरूलाई ढुक्कले यो कुरा भन्न चाहन्छु,’ ओलीको भनाइ थियो ।

‘सबै छिमेकीहरूसँग सम्मानपूर्ण सम्बन्ध राख्ने बताएका छन् । ‘पारस्परिक लाभका आधारमा सम्बन्ध र व्यवहार राख्छौं । कसैप्रति वैरभाव छैन, छैन हाम्रो शत्रु, सबै छन् मित्रु, सबै मित्रको ढंगले हामी व्यवहार गर्न चाहन्छौं,’ प्रधानमन्त्री ओली भन्छन् ।

प्रतिक्रिया