हतियार र सेनाको बदलामा गुन तिर्न रुसले उत्तर कोरियालाई तेल दियो

एजेन्सी । रुसले यस वर्षको मार्चदेखि उत्तर कोरियालाई दश लाख ब्यारेलभन्दा बढी तेल आपूर्ति गरेको अनुमान गरिएको छ ।

बेलायतमा  रहेको गैर–लाभकारी अनुसन्धान समूह ओपन सोर्स सेन्टरको स्याटेलाइट तस्बीर विश्लेषण अनुसार सो तेल आपूर्ति गरेको देखिएको हो । 

उत्तर कोरियाले रुसलाई युक्रेन बिरद्ध लड्न हतियार र सेना उपलब्ध गराएको छ । त्यसैको बदलामा गुन तिर्न रुसले उत्तरलाई तेल दिएको बताइएको छ । यसले अन्तर्राष्ट्रिय मान्यता र नियमहरु उल्लंघन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

स्याटेलाइट तस्बिरहरुले रुसको सुदूर पूर्वमा रहेको एक तेल टर्मिनलमा विगत आठ महिनामा कुल ४३ पटक आइपुगेका १५वटा उत्तर कोरियाली तेल ट्याङ्करहरू देखाएका छन् । खुला बजारमा तेल खरिद गर्न नपाइने विश्वको एक मात्र देश उत्तर कोरिया हो । यसले प्राप्त गर्न सक्ने रिफाइन्ड पेट्रोलियमको ब्यारेल संख्या संयुक्त राष्ट्रले वार्षिक रूपमा ५लाखमा सीमित गरेको छ ।

ओपन सोर्स सेन्टरको प्रतिवेदन अनुसार  ७ मार्च २०२४ मा रुसले पहिलोपटक उत्तर कोरियालाई  तेल हस्तान्तरण गरेको थियो। अझै तेल ढुवानी जारी छ किनकि हजारौं उत्तर कोरियाली सेनाहरू लड्न रसिया पठाइएको प्रतिवेदनमा उल्लेख छ । 
 
 

प्रतिक्रिया