नेपाललाई जलवायु मुक्त राष्ट्र बनाउनुपर्ने माग

काठमाडौं । विपद्को पूर्वसूचना प्रणालीमा नेपालको अवस्था राम्रो भएपनि राज्यका जिम्मेवार निकायदेखि समुदायस्तरमा अझै त्यसप्रति गम्भीर ध्यानाकर्षण हुन नसक्दा ठूलो जनधनको क्षति हुने गरेको सरोकारवालाहरु बताउँछन् ।

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपिनेट) को १६औँ वार्षिक साधारणसभा तथा मनसुन समीक्षा कार्यक्रमका अवसरमा नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्ने उनीहरुको जोड थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनील पोखरेलले अजरवैजानको बाकुमा जारी जलवायु सम्मेलनमा गत असोज दोस्रो साता आएको बाढी पहिरो जलवायु परिवर्तनको कारण सिर्जित समस्या भएकाले यसलाई हानि नोक्सानीका रुपमा लिनुपर्ने नेपालको मागलाई विश्व समुदायले स्वीकार गरेको बताए ।

डपिनेटका पूर्वअध्यक्ष सूर्यबहादुर थापाले विपद्सम्बन्धी ऐन, कानुन, कार्ययोजना बनाउँदैमा नहुने हुँदा त्यसको पूर्ण कार्यान्वयनमा सरकार, निजी क्षेत्र र आम समुदायबीच सहकार्य र समन्वयको खाँचो औँल्याए ।

द्वन्द्वको समयमा शान्ति सुरक्षार्थ गठन गरिएको बललाई पछि विपद् व्यवस्थापनमा बढी केन्द्रित गरिएको र अन्य देशहरुमा पनि नेपाललको अभ्यास उदाहरणीय रहेको सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनत बस्नेतले भने ।
    
 

प्रतिक्रिया