कृषि विकास बैंकले किसानलाई केन्द्रमा राख्ने मन्त्री सिंहको आश्वासन
काठमाडौं । उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।
कृषि विकास बैंकको केन्द्रिय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राखेका थिए ।
उनले कृषि विकास बैंक निजी क्षेत्रका बैंक भन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गरे । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बंैकको भन्दाबढी जिम्मेवारी रहेको बताए ।
प्रतिक्रिया