काठमाडौंको बयान सकेर छविलाई पठाइयो पोखरा
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका छविलाल जोशीको बयान सकिएको छ ।
मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । उनीसँग जिल्ला सरकारी वकिल कार्यालयमा २ दिन बयान लिइएको हो । बयान सकिएपछि प्रहरीले जोशीलाई आजै पोखरा फिर्ता पठाउने भएको छ ।
पोखरा फिर्ता पठाउनका लागि जोशीलाई प्रहरीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ लगेको छ । जोशीलाई पोखरा पुर्याएपछि भोलि शनिबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।
रविलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी रहेको परिसर स्रोतले जानकारी दियो ।
प्रतिक्रिया