जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा २० हजार घुस सहित पक्राउ

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार घुस सहित पक्राउ गरेको छ । 

सवारी ज्यान कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्धा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित पक्रउ गरेको हो । 

सवारी ज्यान मुद्धामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकवालाले पटक –पटक माग्न जादा यादवले घुस मागेको व्यहोरा सहित निवेदन अयोगमा दिएका थिए ।

उजुरी आएपछि शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्धामा मृत्यु भएका परिवारबाट लिएको घुस सहित  पक्राउ गरेको हो । 

पक्राउ परेका यादवको बारे कागजता तयार भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया