युक्रेनद्वारा रुसको सैन्य आधार शिविरमा ड्रोन आक्रमण

युक्रेनी ड्रोन आक्रमणमा रुसको एक प्रमुख लामो दूरीको सुपरसोनिक बमवर्षक यन्त्र ध्वस्त भएको छ । सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्ट्सी–२ एयरबेसमा आगो लागेको र टु–२२ यन्त्र जलिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यो यन्त्र ध्वनी भन्दा दुई गुणा छिटो यात्रा गर्नसक्ने क्षमताको थियो । टु–२२ एक शीतयुद्ध युगको स्विङ–विङ सुपरसोनिक बमवर्षक हो यसलाई नेटोले ब्याकफायर कोड नाम दिइएको छ । रुसले पछिल्ला दिनमा युक्रेनमा आक्रमण गर्न यसको धेरै प्रयोग गरिरहेको थियो । तर रुसले भने आफ्नो एअर बेसमा एउटा सानो मानवरहित यन्त्रले आक्रमण गरेको र ठूलो क्षति नभएको दाबी गरेको छ । मानवीय क्षति भने नभएको बताइएको छ । युक्रेन अहिलेसम्म आफ्नै भूमिमा रक्षात्मक अवस्थामा रहेको थियो । पछिल्लो समयमा रुसको राजधानी नजिकै रहेका एअरबेसमा आक्रमण थालेको छ ।  पछिल्लो समय युक्रनेले अमेरिका र अरु युरोपेली देशबाट अत्याधुनिक ट्यांक,मिसाइल र लडाकु विमान र ड्रोनको सहयोग पाइरहेको छ । किभले हालैका महिनाहरूमा मस्कोमा आक्रमण गर्न दर्जनौं फिक्स–पिङ मानवरहित विमानहरू प्रक्षेपण गरेको छ । 

प्रतिक्रिया