बीआरआई  सम्बन्धमा साझा धारणा बनाइने : महामन्त्री शर्मा

कमलेश मण्डल

महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीनको बीआरआई(बेल्ट एण्ड रोड इनिसिटिभ) परियोजना सम्बन्धमा कांग्रेस साझा धारणा बनाएर अगाडी बढने बताएका छन् । 

शुक्रबार महोत्तरीको रामगोपालपुर वडा नं.२ को उप निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार संग घरदैलोमा सहभागि हुन आएका महामन्त्री शर्माले बीआरआई बारे दलहरुसंग छलफल भइरहेको र छलफलपछि साझा धारण बनाएर मात्रै अगाडी बढने बताएका हुन् ।  

महामन्त्री शर्माले उप निर्वाचनमा समेत कांग्रेस बहुसंख्यक ठाउँमा विजयी हासिल गरेर पहिलो दल बन्ने विश्वास व्यक्त गरे । महामन्त्री शर्माले नेपाली कांग्रेस टोपी र धोती दुबैलाई मिलाएर अगाडी बढने दल भएको बताए । शर्माले भने ‘हिमाल, पहाड, मधेशका युवा र बृद्धलाई एक साथ लिएर बढने पार्टी कांग्रेस भएको दाबी गरे । उपनिर्वाचनको परिणमले २०८४ को निर्वाचनको आधार बन्ने शर्माले बताए । 

रामगोपालपुर वडा नं. २ मा नेपाली काग्रेसको उम्मेदवार मोहम्मद जनिफ खासंगै महामन्त्री शर्माले गाउँ घुमेर मतदातासंग मत मागेका थिए । 

प्रतिक्रिया