प्रधानमन्त्री ओलीको प्रश्न- सहकारी ठगीका प्रमाण हुँदाहुँदै अरुलाई गाली गर्ने?

काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।

उपत्यकाका तीन वटा जिल्ला कमिटिको समन्वयमा शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताएका हुन् ।

ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’

उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया