एमाले अलोकप्रिय र कमजोर भयो भन्नेहरुलाई जागरण सभाले जवाफ दियो : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले अलोकप्रिय र कमजोर भयो भन्नेहरुलाई जागरण सभाले जवाफ दिएको बताएका छन् ।

उपत्यकाका तीन वटा जिल्ला कमिटिको समन्वयमा शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको जागरण सभालाई सम्बोधन गर्दै उनले एमाले अलोकप्रिय र कमजोर भन्नेहरुका लागी सो सभाले जवाफ दिएको बताएका हुन् ।

उनले भने, ‘नेकपा एमाले जनताको र राष्ट्रको हृदयमा छ भन्ने कुरा आजको यो जागरण सभाले सन्देश दिएको छ ।’

विकास र समृद्धिको यात्रामा नेतृत्व गर्ने पार्टी एमालेमात्रै भएको बताउँदै महासचिव पोखरेलले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बदनाम गर्नका लागी षड्यन्त्र रचिदै छ ।

प्रतिक्रिया