आफ्नो देशमा शान्ति कायम हुने आशमा युक्रेनीहरु
एजेन्सी । बेलायतको पूर्वी भाग एसेक्समा बस्ने युक्रेनी शरणार्थीहरू आफ्नो मातृभूमिमा शान्ति हुने र घर फर्किन पाउने आशमा रहेका छन् ।
युक्रेन सरकारको होम्स फर युक्रेन योजना अन्तर्गत तीन हजारभन्दा बढी शरणार्थी एसेक्समा बसिरहेका छन जो शान्तिको आशमा छन् । उनीहरुले कुनै पनि मूल्यमा देशमा शान्ति कायम गर्नु पर्ने तर रुससँग झुक्न भने नहुने बताएका छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । तर युक्रेनका नागरिकले भने आफ्नो भूभाग गुमेको स्वीकार नगर्ने बताएका छन् ।
तर रुसले धेरै युक्रेनको भूभाग कब्जा गरेको छ । रुसले सन २०२२ फेब्रुअरीमा एक्कासी युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसयता दुइदेशबीच लडाइ जारी छ ।
प्रतिक्रिया