प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोग विहीन

जलेश्वर । जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक  अस्पतालमा खरिद गरिएको  ५ करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोग विहीन बनेको छ । ४ वर्ष देखि ५ थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोग विहीन छन् । 

४ वर्ष अघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर, कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभए पछि अस्पतालले २ करोड ५० लाख बढीका ती उपकरण प्रयोग विहीन बनेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताए । उनले हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय सँग पहल गरिरहेको बताए । 

जिल्लावासीले तत्कालीन अवस्थामा केही नेता र तीनका कार्यकर्तालाई कमिसन र कमाइको लागि प्रदेश सरकारले ती उपकरण किनेको आरोप लगाउँदै आएका छन् । 
रासस 

प्रतिक्रिया