संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन
संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले श्रेष्ठको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । श्रेष्ठविरुद्धका उजुरी र उनका योजनाबारे छलफल गरेपछि समितिले नाम अनुमोदन गरेको हो ।
यसअघि कार्ययोजना प्रस्तुत गर्दै श्रेष्ठले पारिवारिक अदालत वा इजलास स्थापनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । महिलावादी मुद्दाको सुनुवाईको लागि सो अदालत आवश्यक पर्ने उनको भनाइ छ ।
श्रेष्ठले सबै अदालतमा रिक्त रहेका न्यायाधीशहरुको दरबन्दी पूर्तिका लागि यथाशिघ्र प्रक्रिया अघि बढाइने समेत बताए । चालु आर्थिक वर्ष भित्र जिल्ला अदालत र उच्च अदालतमा दुई वर्ष नाघेका मुद्दाहरुलाई शुन्यमा ल्याउने योजना उनले सुनाएका छन । संवैधानिक इजलासको कार्य सम्पादनमा प्रभावकारि बनाउने उनको भनाइ छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको विषयवस्तु, महत्व र पक्षको अवस्थालाई समेत मध्यनजर गरी पेसी एवं सुनुवाई लगायतको व्यवस्थापनको कामलाई प्राथमिकता दिने बताए ।
प्रतिक्रिया