उपभोक्ता समितिलाई तालिम
प्रेमनारायण आचार्य
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धि तालिम फुद्बांगमा सम्पन्न भएको छ ।
तालिममा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानी र वडा नम्बर ७ खाँचीकोटका उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
योजनाको कार्यान्वयन, व्यवस्थापन र सञ्चालनका बारेमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, शाखा अधिकृत मञ्जु खनाल, लेखा अधिकृत नवराज गौतम, योजना अधिकृत दिलिप केसी, पुर्वाधार शाखा प्रमुख प्रमोद केसी लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले विकास योजनाका कार्यहरु सञ्चालनमा निगरानी गर्न स्थानीय चनाखो हुनुपर्ने बताइन्।
कार्यक्रममा नगर उपप्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत भुसाल, शाखा अधिकृत मञ्जु खनाल, वडा अध्यक्ष श्रृधर महत्रा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम वडा अध्यक्ष चुराबहादुर केसीको अध्यक्षता र कम्प्युटर अधिकृत दिलिप केसीको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया