सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौं । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन आई.पी.टी.पी.मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । 

कम्बोडियाको नोम पेन्ह शहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गते देखि १० गते सम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसद बीच अन्तरक्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । 

सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् । अर्को कार्यक्रमका लागि विभिन्न ८ राजनीतिक दलका १३ जना नेता पनि कम्बोडिया गएका छन्  नेकपा एमालेका विदेश विभाग प्रमुख रघुविर महासेठ र पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई लगायतका नेताहरू कम्मोडिया गएका हुन् । 

उक्त टोलीमा सत्तारुढ नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, रा.प्र.पा. नेता उद्धव पौडेल, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल लगायत छन् ।

प्रतिक्रिया