स्वास्थ्यमन्त्री पौडेलद्वारा रक्तसञ्चार केन्द्रको अनुगमन एवं निरीक्षण

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रको आज बिहिबार अनुगमन एवं निरीक्षण गरेका छन् । नेपालको नै दोस्रो ठूलो रक्त सङ्कलन तथा वितरण केन्द्रका रुपमा स्थापित भक्तपुर रक्तसञ्चार केन्द्रको अनुगमन तथा यहाँको सेवाबारेमा जानकारी लिएका छन् ।

भक्तपुर रेडक्रसले उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री पौडेलले केन्द्रले रगत सङ्कलन र वितरण प्रणाली एवं अवस्थाबारे चासो लिएका छन् । मन्त्री पौडेललाई रेडक्रस भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले त्यसको सबै प्रक्रिया र अहिलेसम्म गर्दै आएका कामबारे जानकारी दिए । 
 

प्रतिक्रिया