भारतले कर बढाएपछि नेपाली बजारमा प्याजको मूल्यमा अत्याधिक बृद्धि

नेपाली बजारमा प्याजको मूल्यमा अत्याधिक बृद्धि भएको छ ।  कालिमाटी तरकारी बजारको सूचना अनुसार एकै दिन प्याजको मूल्य ४१ प्रतिशतसम्मले बढेको छ ।  आइतबार भारतले प्याजको निकासीमा ४० प्रतिशत कर लगाउने सूचना निकालेपछि आजै नेपाली बजारमा ४१ प्रतिशतसम्मको मूल्यवृद्धि भएको हो । भारतबाट आयात हुने भएकाले कर लगाएपछि मूल्यवृद्धि हुने भएपनि कर लागेको प्याज आयात नहुँदै स्टककै प्याजमा मूल्यवृद्धि भएको छ । भारतबाट बढेको मूल्य आउनुअघि नै व्यवसायीहरूले प्याजको मूल्यवृद्धि गरेका हुन । कालिमाटी तरकारी बजार विकास समितिको सूचना अनुसार हरियो प्याजको मूल्यमा ४१ प्रतिशतले वृद्धि भएको छ भने सुकेको प्याजमा २७ प्रतिशतले बढेको छ ।  भदौ ३ गते नेपाली बजारमा सुकेको प्याजको किलोको औसत ६१ रुपैयाँ रहेको थियो । भदौ ४ गते सो मूल्य ७८ रुपैयाँ पुगेको छ । त्यस्तै हरियो प्याजको मूल्य भदौ ३ गते किलोको औसत मूल्य १ सय ३६ रुपैयाँ रहेकोमा भदौ ४ गते १ सय ९३ रुपैयाँ पुगेको छ । नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छरु। ती क्षेत्रमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छरु। यहाँ वार्षिक करिब ३ लाख टन उत्पादन हुन्छरु। बाँकी आयातमै निर्भर हुनुपर्ने बाध्यता छरु। गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको भन्सार विभागको तथ्यांक छरु। त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको छ। 

प्रतिक्रिया