इजरायलका प्रधानमन्त्री र हमास नेता बिरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीका साथै हमासका सैन्य कमाण्डरलाई पक्राउ पुर्जी जारी गरेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतल इजरायलका प्रधानमन्त्री  बेन्जामिन नेतान्याहु र पूर्व रक्षा मन्त्री योभ ग्यालान्टको लागि वारेन्ट जारी गरेको हो ।यसैगरी हमासका नेता मोहम्मद डेफको लागि पनि वारेन्ट  जारी गरिएको छ । तर उनी  इजरायली सेनाले गाजामा गत जुलाईमा हवाई आक्रमण गर्दा  मारिएको बताएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत  न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा  युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि तीन जना व्यक्तिहरूले “आपराधिक जिम्मेवारी“ बोकेका “उचित आधारहरू“ भेटिएको जनाएको बीबीसीले जनाएको छ । इजरायल र हमास दुवैले यो आरोप अस्वीकार गरेका छन्।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्को मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ । त्यसकारण इजरायलले हमास र हिजबुल्लाहलाई लक्षित गरेर गाजा र लेवनानमा आक्रमण जारी राखेको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४० हजार प्यालेष्टिनी नागरिकको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया