सीबीआईले ललिता निवास प्रकरणमा दुईजना पूर्वप्रधानमन्त्रीसँग लियो बयान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दुईजना पूर्वप्रधानमन्त्रीसँग बयान लिएको छ । सिआइबी प्रमुख किरण बज्राचार्यले निवासमा पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईसँग बयान लिएकी हुन । उनीहरूले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कार्यकालमा भएको घटनाबारे जानकारी गराएका हुन । भट्टराईले सामाजिक सञ्जालमा आफ्नो कर्तब्य पुरा गरेको बयान दिएका छन । हिजो साँझ एआइजी प्रमुख बज्राचार्यले दुवै प्रधानमन्त्रीहरूसँग बयान लिएकी हुन । सिआइबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको छ । प्रहरीले आज प्रतिवेदन बुझाउने तयारी भएको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ । किर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको  सीआईबीले मुद्दाका लागि सरकारी वकिललाई सिफारिस गर्ने प्रतिवादीको संख्या भने टुंगो लगाएको छैन । रुसिआइबीले आइतबारै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो। तर आरोपी धेरै भएकाले आजसम्म जिल्ला सरकारी वकिललाई रायसहितको प्रतिवेदन दिनेगरी काम भइरहेको सीआईबीले जनाएको छ ।यसअघि ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी लिएको सिआइबीले संलग्नताका आधारमा सबैलाई प्रतिवादी बनाउनुपर्ने राय दिने तयारी गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारसँगै जोडिएको २ सय ९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा संगठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा नामसारी भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।। 

प्रतिक्रिया