राष्ट्रपति पौडेल स्वर्गीय ढुंगानाको निवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली  व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो ।

उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । उनको अन्त्यष्टिमा सरकारले राजकीय सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया