कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृह मन्त्री लेखक
सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री के.पी. शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताएका छन् ।
नेपाल प्रेस युनियन, कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फ बाट भ्रमण अघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्ला जस्तो कुनै पनि समस्या नभएको स्पष्ट पारे ।
मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दल बीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको बताए ।
लोकतन्त्र र संविधानका विरुद्धमा हुने कुनै पनि गतिविधि सैह्य नहुने उल्लेख गर्दै उनले भने,“प्रमुख दुई पार्टी बीच आपसमा कुनै समस्या सिर्जना नहोस् भनेर केन्द्र देखि जिल्ला तह सम्म दुवै तर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ, अराजकता र अस्थिरताको अन्त्य सहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा अघि बढको सरकारलाई अब कसैले रोक्न सक्दैन ।”
रासस
प्रतिक्रिया