प्यालेस्टाइन द्वारा भिटोको प्रयोग गरेकोमा अमेरिकाको निन्दा

एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाले निन्दा गरेका छन् । 

राष्ट्रपति अब्बासले अमेरिकाले चौथो पटक भिटो प्रयोग गरी इजरायललाई प्यालेस्टिनी तथा लेबनानी जनता विरुद्धको “अपराध“ र अन्तर्राष्ट्रिय कानूनको उल्ङघन गरेको उल्लेख गरेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लु.ए.एफ.ए. ले जनाएको छ ।  

वक्तव्यमा  राष्ट्रसङ्घीय सुरक्षा परिषद र अन्तर्राष्ट्रिय समुदायमा प्यालेस्टाइनको माग स्पष्ट रहेको जनाउदै “आक्रमण“ रोक्न, युद्धविराम लागू र इजरायलले प्यालेस्टिनी जनता विरुद्ध गरेको “अपराध“ लाई सम्बोधन आवाह्न गरेका हुन् ।  विज्ञप्तिमा मानवीय सङ्कट तथा भोकमरी अन्त्य गर्न तुरुन्तै कार्य गरेर प्यालेस्टिनी जनताको जिम्मेवारी लिन आग्रह गरिएको छ ।

प्यालेस्टिनी अख्तियारका विदेश मामिला तथा प्रवासी राज्य मन्त्री फार्सिन शाहिनले अमेरिकी  भिटोलाई “अन्यायपूर्ण, र अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरित भएको बताएका छन् । 

यसै गरी हमासले एक विज्ञप्ति मार्फत भिटो प्रयोग गरेर अमेरिकाले आक्रमणको प्रत्यक्ष साझेदार बनेको प्रमाणित गरेको जनाएको छ । वक्तव्यमा अमेरिकालाई शत्रुतापूर्ण नीति“ रोक्न आह्वान गर्दै युद्धको अन्त्य गरी यस क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न आह्वान गरेको छ । 

अमेरिकाले बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमा भिटो प्रयोग गरे पछि सयुक्त राष्ट्रका अधिकांश सदस्यहरूले कडा आलोचना गरेका छन् । परिषद्का–१० लगायत गैर–स्थायी सदस्यहरूले मस्यौदामा तत्काल,  स्थायी युद्धविरामका साथै बन्धकको रिहाइको माग गरेका छन् । 

सुरक्षा परिषदका सदस्यहरुमा १४ जना काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको  छ । 
रासस 

प्रतिक्रिया