सुनको मूल्य बढ्यो
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ हजारले बढेर १ लाख ६४ हजार कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य १ लाख ६३ हजार कायम भएको थियो । कात्तिक १५ गते १ लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकोमा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य भने बिहीबार स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको १ हजार ९ सय ५० कायम भएको महासङ्घले जनाउको छ ।
प्रतिक्रिया