उत्तरी गाजामा इजरायलको आक्रमण, कैयन मानिस मारिएको र पुरिएको आशंका

एजेन्सी । प्यालेष्टाइन स्थित उत्तरी गाजामा रहेको अस्पतालका अधिकारीहरूले गए रातभरी इजरायली हवाई हमलामा धेरै व्यक्तिको मृत्यु भएको बताएका छन्।

इजरायलले  मुस्लिम मुस्लिम लडाकू समूह हमासका कार्यकर्ता लुकेर बसेको आशंकाका  बेइट लाहिया र गाजा शहरका पाँचवटा भवनमा बमबारी गरेको जनाइएको छ । आज बिहानै भग्नावशेषमा  खोजी अभियान सुरु भएको गाजाको उद्धार टोलीले जनाएको छ।
हमाससँग सम्बन्धित सञ्चारमाध्यमले कैयन मानिस मारिएका र धेरै महिला र बालबालिका सहित अझै पनि भग्नावशेषमा पुरिएको बताएका छन्।

यसबारे इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। उसले हालै उत्तरी गाजामा हमासलाई पुनः संगठित हुनबाट रोकेको भन्दै आफ्नो आक्रमणलाई तीव्र पारेको छ।

उत्तरी गाजाका केही भागहरू इजरायली घेराबन्दीमा छन् । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ । त्यसकारण इजरायलले हमास र हिजबुल्लाहलाई लक्षित गरेर गाजा र लेवनानमा आक्रमण जारी राखेको हो । 
 

प्रतिक्रिया