सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै खबरदारी र्‍याली

काठमाडौँ । काठमाडौं उपत्यकाका सडक तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै  विरोध प्रदर्शन गरिएको छ । बिहीबार भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनमा विरोध प्रदर्शन गरिएको हो । 

प्रदर्शनकारीहरूले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजको माग राख्दै कुपण्डोलबाट माइतीघर मण्डलासम्म र्‍यालीसहित खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।
३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी सहित पहल थालेको छ ।

प्रतिक्रिया