राष्ट्रपति द्वारा ढुङ्गानाका परिवार प्रति समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गाना प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनी प्रति श्रद्धाञ्जली  व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । 

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समय देखि कलेजो सम्बन्धी रोग बाट पीडित हुनुहुन्थ्यो । 
रासस 

प्रतिक्रिया