नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
काठमाडौं । लामो समय देखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिक बीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर बिहीबार द्विदेशीय औपचारिक वार्ता हुँदैछ ।
पाँच दिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न यहाँ आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेना पति अशोकराज सिग्देल बीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा बाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । शुक्रबार प्रधानमन्त्री के.पी. ओली र रक्षा मन्त्री मानवीर राई सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सन् १९५० देखि नेपाल र भारत बीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । खुला सिमाना, समान धार्मिक, सांस्कृति एवं भूगोलले शताब्दीऔँ देखि दुई मुलुुक बीचको सम्बन्धलाई अझ सुमधुर तुल्याएको छ ।
रासस
प्रतिक्रिया