रसुवामा दुई किलो सुनसहित पैदलयात्री प्रकाउ

रसुवामा एक जना पैदलयात्री दुई किलो सुनसहित प्रकाउ परेका छन । रसुवाका प्रहरीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन ।  शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ पोखरीका शेर्पाले सोधपुछका क्रम सो सुन भोटेकोशी गाउँपालिका–१ घर भइ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बयान दिएका छन ।  प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको छ । दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया