इटलीमा अत्याधिक गर्मीले छ बिलियन युरो नोक्सानी, कृषि क्षेत्रको लागि कालो वर्ष घोषणा

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन युरोको नोक्शान हुने अनुमान गरेको छ । यो इटलीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रुपमा रहने उनीहरुको भनाइ छ । इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ । जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन् । इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो । यस वर्षको तापक्रम औसत भन्दा ०.७६ डिग्रि सेल्सियले बढी छ । जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्य भन्दा १.९६ डिग्रि सेल्सियस मापन भएको थियो ।  तर यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ । २०२२ इटलीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो । इटलीमा २०१४ यताका साथ वर्ष सबैभन्दा बढी गर्मी छ । तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ । इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ । सोमवारबाट मध्य र दक्षिण इटलीमा गर्मीको अर्को लहर शुरु हुने अनुमान छ । ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्रि सेल्सियसले तापक्रम बढ्ने अनुमान छ । मध्य र दक्षिण इटलीका धेरै भागहरुमा आगामी दिनहरुमा उच्च तापक्रम ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ ।
 

प्रतिक्रिया