अमेरिकाद्वारा रुस बिरुद्धको लडाइमा युक्रेनलाई ’ल्यान्डमाइन’ प्रयोग गर्न अनुमति
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई जमिनमुनि गाडेर राखिने विस्फोटक अस्त्र ’ल्यान्डमाइन’(बारुदी सुरुङ) युक्रेनी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ ।
केही दिन अघि अमेरिकाले युक्रेनलाई रुसमा लामो दुरीका अमेरिकी क्षेप्यास्त्रहरू प्रहार गर्ने अनुमति दिएको थियो ।त्यसपछि अमेरिकाले अमेरिकी ’ल्यान्डमाइन’ पनि प्रयोग गर्न दिने निर्णय गरेको हो ।
उता नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले राष्ट्रपति पद सम्हालेको २४ घण्टामा रुस र युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएको छन् । ट्रम्पले आगामी जनवरी २० मा पद सम्हाल्दै छन् ।
युक्रेनले महिनौसम्म अमेरिकासँग छलफल गरेपछि सो ल्याण्डमाइन प्रयोग गर्न अनुमति दियएको हो । रुसी ल्यान्ड माइनहरूभन्दा भिन्न यी ल्यान्ड माइनहरू निश्चित समयअवधि पार भइसकेपछि आफै निष्क्रिय हुने अमेरिकी अधिकारीहरुको भनाई छ । ती ’ल्यान्डमाइन’ अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने छ ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि एक्कासी आक्रमण गरेको थियो । त्यस यता दुबै देशबीच लडाइ चलिरहेको छ । यो लडाइमा युक्रेनको धेरै भू–भाग रुसले कब्जा गरेको छ । रुसी सेना अरु युक्रेनी भूभाग कब्जा गर्न अघि बढिरहेको अवस्थामा सो ल्याण्डमाइनले उनीहरुलाई रोक्न सक्ने अमेरिका युक्रेनको बिश्वास छ ।
प्रतिक्रिया