काठमाडौं आइपुगे भारतका सेनाध्यक्ष जनरल द्विवेदी

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी आज नेपाल भ्रमण आएका हुन् ।

नेपाल र भारतले एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका उनी नेपाल आएका हुन् । 

नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनलाई मंसिर ६ गते राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्ने छन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ ।

प्रतिक्रिया