रुकुम पूर्वमा माओवादी नेता जगत घर्ती निर्विरोध निर्वाचित

काठमाडौं । मंसिर १६ गते हुने स्थानिय तहको उप निर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ मा रिक्त रहेको वडाध्यक्ष पदको उम्मेदवारमा नेकपा माओवादी केन्द्रका नेता जगत बहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी नेता घर्ती निर्वाचित भएका हुन् । 

माओवादी उम्मेदवार घर्ती पुरानो स्थापित नेता र सबैको अविभावक भएकाले समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न राजनीतिक सामाजिक र नैतिक दृष्टिले नहुने भएकाले समर्थन गर्दै राजी खुसी उम्मेदवारी फिर्ता लिएको जीवन रोकाले बताए ।

स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ । निर्वाचन आयोगले भने आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया