लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खसेर दुर्घटना, नौ सैनिकको मृत्यु

भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । १० जना सवार गाडीमा रहेका ९ जनाको मृत्यु भएको हो । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी दुर्घटनामा परेको हो । सेना चढेको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमीत शाहले दुर्घटनाप्रति दुःख प्रकट गरेका छन । भारतीय सेनाले घटनामा कसैको सग्लनता नरहेको र दुर्घटना भएको स्पष्ट पारेको छ । 
 

प्रतिक्रिया