गाजा युद्धविरामका लागि अमेरिकी योजनाका बीच राष्ट्रसङ्घ पुनः मतदानको पक्षमा
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्ध अन्त्यको पछिल्लो प्रयास स्वरुप गाजामा युद्धविरामको आह्वान गर्ने अर्को मस्यौदा प्रस्तावमा बुधबार मतदान गर्ने अपेक्षा गरिएको छ ।
तर, यो मस्यौदालाई इजरायलको मुख्य सहयोगी अमेरिकाले अवरुद्ध गर्न सक्ने आकंलन गरिएको छ । प्रस्तावको पछिल्लो मस्यौदाले इजरायल र हमास बीचको युद्धमा “तत्काल, स्थायी युद्धविराम तथा सबै बन्धकहरूको बिना सर्त रिहाईको माग गरेको छ ।
यद्यपि यसले इजरायललाई आक्रोसित बनाएको छ भने स्थायी युद्धविरामको विषयमा अमेरिकी भिटोको डर बढाएको छ । यसैबीच राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले यो प्रयासलाई हास्यस्पद भन्दै राष्ट्रसङ्घले आफ्ना नागरिकहरूको सुरक्षा गर्न बाट इजरायललाई रोक्न नसक्ने बताएका छन् ।
अमेरिकी राजदूत रोबर्ट वुडले यो युद्धविराम र बन्धकहरूको रिहाइको सम्बन्धमा शुरु देखि नै अमेरिकाको मुख्य भुमिका रहेको बताएका छन् । ।
रासस
प्रतिक्रिया