प्रदूषणका कारण भारतको दिल्लीमा विद्यालयहरू बन्द

एजेन्सी । बढ्दो वायु प्रदूषणको चपेटामा परेपछि भारतको राजधानी नयाँ दिल्लीमा विद्यालयहरु बन्द गरिएका छन् । 

दिल्ली सरकारले सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घर बाट काम गर्ने र ५० प्रतिशतलाई मात्रै कार्यालयमा आएर काम गर्ने घोषणा गरेको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीका वातावरण मन्त्री गोपाल राईले प्रदूषण कम गर्न सरकारले सरकारी कार्यालयका आधा कर्मचारीलाई घरबाटै काम गर्ने निर्णय गरेको बताए । उनले कर्पोरेट र निजी क्षेत्रका कम्पनीहरूलाई आफ्ना ५० प्रतिशत कर्मचारीलाई घर बाट काम गर्न अनुमति दिन आग्रह गरेका छन् । 

राजधानीमा प्रदूषणको स्तर बढ्दै गएपछि सरकारले प्रतिबन्धहरु घोषणा गरिएको हो । दिल्लीमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने बाहेक सबै ट्रक छिर्न रोक लगाइएको छ । गैर अत्यावश्यक हलुका सवारीमा साधनमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ ।   
 

प्रतिक्रिया