महिला विश्वकपको उपाधि भिडन्त: इंग्ल्यान्ड र स्पेनलाई इतिहास रच्ने अवसर
महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । स्पेन स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । यस पटक महिला विश्वकपले नयाँ विजेता पाउने भएको छ । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।
प्रतिक्रिया