सरकारले नर्सिङ्ग शिक्षालाई व्यवस्थित गर्न सकेन : खेलकुद मन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले नर्सिङ्ग शिक्षालाई व्यवस्थित गर्न नसकेको गुनासो गरेका छन् ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले बन्द भएको नर्सिङ्ग शिक्षालाई अघि बढाउन सरकारले नसकेको स्वीकार गरेका हुन् । मन्त्री चौधरीले सरकारकै नीतिका कारण आफू स्वयम मारमा परेको र आफ्नै अस्पताल समेत बन्द हुने अवस्थामा पुगेको गुनासो गरे ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष डाक्टर नेत्र राज चटौतले राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउदा नीजि क्षेत्रलाई बन्देज गर्न नहुने बताए ।
अभिभावक संघका संयोजक सुप्रभात भण्डारीले छोरा छोरीलाई विदेश पठाएर देश विग्रियो भन्ने गुनासो गर्न नमिल्ने उल्लेख गरे । कार्यक्रममा एभिन्यूजकर्मी राजेशचन्द्र राजभण्डारी सहित ५ जना पत्रकारलाई पुरस्कृत गरिएको थियो ।
प्राविधिक शिक्षाको महत्व उजागर गरेको भन्दै पत्रकार सुर्य पाण्डे, रविचन्द्र पराजुली, रूवी रौनियार र कृष्ण धामीलाई पुरस्कृत गरिएको हो ।
प्रतिक्रिया