सहकारी बचतकर्ताले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्ने
काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बुधबार बचत रकम फिर्ता गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ ।
बुधबार काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा भेला भएर दबाबमूलक कार्यक्रम गर्न लागेको महासंघले जनाएको छ । काठमाडौंको चाबहिल चोक, कालिमाटी र सोह्र खुट्टे चोकमा सहकारी पीडितहरूलाई भेला हुन आह्वान गरिएको छ ।
यस्तै, ललितपुरको पुल्चोक र भक्तपुरको गठ्ठाघर चोकमा विरोध कार्यक्रम गर्ने तोकिएको छ । पहिलो चरणमा बुधबार विभिन्न अलग अलग स्थानमा कार्यक्रम हुने र थप एकत्रित कार्यक्रम गर्ने तयारी महासंघको छ ।
देशभरका करिब ५ सय सहकारी संस्थाको ८७ अर्ब भन्दा बढी रकम अपचलन भएको छ । सहकारी अपचलनमा सग्लन रा.स्व.पा. सभापति रवि लामिछाने लगायत ६ सय भन्दा बढी मानिस पक्राउ परेपनि पीडितले बचत रकम फिर्ता पाउन सकेका छैनन् ।
यसअघि सरकारले रकम फिर्ता गर्ने सम्झौता गरेपनि सो अनुसार काम हुन नसकेको बचतकर्ताको गुनासो छ ।
प्रतिक्रिया