मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा स्वदेश फिर्ता

काठमाडौं । मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा बस्नेत मंगलबार नेपाल फर्केकी छन् । 

थाइल्याण्डमा भएको मिस हेरिटेज इन्टरनेशनल २०२४ को उपाधि जितेर उनी स्वदेश फर्केकी हुन् । ४७ वटा देश बाट सहभागी भएकाहरुलाई पछि पार्दै उपाधि जितेकी उनले देशको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन पाउँदा गर्व लागेको बताइन् । 

मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४ जितेर प्रतियोगितामा सहभागी हुन पुगेकी बस्नेतले यस्ता प्रतियोगिताहरु देशमा भइरहनुपर्ने र सरकारले प्रोत्साहन गर्नुपर्ने पनि बताईन् ।
 

प्रतिक्रिया