राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)को केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै छ । 

मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रा.स्व.पा.ले बुधबार बैठक बोलाएको हो ।

बुधबार बस्ने बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रम बारे ठोस निर्णय लिने रा.स्व.पा.ले जनाएको छ । 

बैठक  दिउँसो ३ बजे बस्ने बताइएको छ । 

प्रतिक्रिया