कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा ३५ लाख भेटी सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा १० लाख कम भेटी सङ्कलन भएको छ । 

बागलुङ कालिका मन्दिरमा बडा दशैंमा ४५ लाख २७ हजार भेटी सङ्कलन भएको थियो । कालिका भगवती मन्दिर गुुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाब किताब सार्वजनिक गर्दै आएको छ ।  जसअन्तर्गत कात्तिकमा३५ लाख भेटी र अन्य आम्दानी भएको र १६ लाख खर्च भएको कालिका भगवती मन्दिर गुुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए । 

“अघिल्लो महिना दशैंको समय भएकाले १० लाख भेटी बढी सङ्कलन भएको थियो, कात्तिकमा धार्मिक पर्यटकले मन्दिर भरिभराउ भएको थियो”, खड्काले भने, “मन्दिरको मुख्य आम्दानीको स्रोत भेटी हो, अन्य घरभाडा लगायतको आम्दानी हुन्छ, आम्दानी बाट मन्दिरले तलब भत्ता सहित पूर्वाधारमा लगानी गर्दै आएको छ ।”

कात्तिकमा ३५ लाख ३ हजार ३ सय ३२ आम्दानी भएको र १६ लाख १५ हजार खर्च भएको छ भने १८ लाख ८८ हजार ३ सय ३२ बचत भएको खड्काले बताए । आम्दानीमा भक्तजनले समर्पण गरेको भेटी बाट २२ लाख ३५ हजार पाँच सय ८५, चामल बिक्री बाट  ८० हजार ५ सय, बोका बाट ६१ हजार ७ सय ५०, कुखुरा बाट ४ हजार ८ सय, राँगो बाट १ हजार ८ सय, सटर भाडा ३ लाख १४ हजार ५ सय ४०, विवाह बाट १ हजार, आर्थिक सहयोग  १ लाख २० हजार ७ सय ७, परेवा बिक्री बाट ६ लाख ७० हजार ७ सय ५० व्रतबन्ध बाट ६ सय, पण्डित बाट ११ हजार ४ सय आम्दानी भएको अध्यक्ष खड्काले बताए । 

मन्दिर व्यवस्थापन समिति अन्तर्गत कात्तिकमा  १६ लाख १५ हजार खर्च भएको छ । खर्चअन्तर्गत कर्मचारीको तलबमा ४ लाख ८ हजार ५ सय, बिजुलीमा  ५० हजार, अतिथि सत्कारमा १  लाख ५५ हजार, उपहारमा १ लाख, पूर्वाधार विकासमा ६ लाख १० हजार ९ सस, पोसाकमा  २६ हजार, खाद्यान्नमा र आवासमा ८५ हजार ५ सय, विज्ञापन तर्फ  १८ हजार ५ सय, सांस्कृतिक कार्यक्रममा १ लाख ६० हजार ६ सय खर्च भएको कालिका गुठीका कुमार खड्काले बताए । 

पछिल्लो समय मन्दिरमा धार्मिक पर्यटकको चहलपहल बढेको छ । दशैंयता मुक्तिनाथ जाने, ढोरपाटन जाने पर्यटक कालिका मन्दिर आउँदा मन्दिरमा दैनिक जसो भीड लाग्ने गरेको छ । 
रासस 

प्रतिक्रिया